पिएनजी विरुद्ध टस हारेर पहिला ब्याटिङमा नेपाल (प्लेइङ-११)

ओकेखबर संवाददाता २९ फाल्गुन २०८०, मंगलवार ०८:१२ मा प्रकाशित ( महिना अघि) २१ पाठक संख्या

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । फाइनलमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब छ ।

पछिल्लो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । बिरामी भएका अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

 


सम्बन्धित खबरहरु