स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पु¥याउनु निक्कै चुनौती : स्वास्थ्यमन्त्री यादव

ओकेखबर संवाददाता २७ फाल्गुन २०८०, आईतवार १९:४५ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पु¥याउनु निक्कै चुनौती रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गर्दै मन्त्री यादवले अस्पतालमा परीक्षण वा सर्जरीका लागि अनलाइन वा डिजिटल प्रविधिमार्फत घरबाटै समय लिन सक्ने व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सोक्रममा संक्षित कुरा गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा प¥याउनु चुनौती भएको बताएका हुन् । ‘पहिला पनि राम्रै फिड ब्याक आएको छ’ यसअघि पनि स्वास्थ्यमन्त्री भइसकेका उनले भने, ‘त्यो भन्दा अगाडि बढाउन सकिन्छ भनेर आएको हुँ ।’ मन्त्री यादवले आजै सपथ लिएका हुन् ।


सम्बन्धित खबरहरु