आज नामिबिया र नेदरल्याण्डस भिड्दै

ओकेखबर संवाददाता २० फाल्गुन २०८०, आईतवार ०६:३५ मा प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनल अघिको अन्तिम खेल आज हुदै छ । आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

 


सम्बन्धित खबरहरु