स्वदेश आइपुग्यो वाफको उपविजेता टोली

ओकेखबर संवाददाता १९ फाल्गुन २०८०, शनिबार ०६:३० मा प्रकाशित ( महिना अघि) १९१ पाठक संख्या

काठमाडौं । पश्चिम एसियाली फुटबल फेडरेसन (वाफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम स्वदेश फर्किएको छ । बिहीबार भएको फाइनलमा जोर्डनसँग पराजित भएपछि उपविजेतामा चित्त बुझाएको नेपाली टिम शुक्रबार राति स्वदेश फर्किएको हो ।

 

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत अन्य पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरे । साउदी अरेबियामा भएको प्रतियोगिताको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले निराश भएको थियो । खेल पेनाल्टीमा पुग्नुअघि दुवै टिमले निर्धारित समयमा २-२ को बराबरी खेलेका थिए ।

नेपाली महिला टिमले वाफसमेत गरी हालसम्म ११ पटक फाइनल खेले पनि हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन । नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।


सम्बन्धित खबरहरु