सैनिक ऐन संशोधन गर्ने तयारी

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १३:४९ मा प्रकाशित ( महिना अघि) १९१ पाठक संख्या

काठमाडौं । सरकारले सैनिक ऐन संशोधनको तयारी सुरु गरेको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरी सैनिक ऐन २०६३ संशोधन गर्न लागेको छ। उनका अनुसार संशोधन मस्यौदा अगाडि बढेको छ। संघीय संसद्को चालु अधिवेशनमै संसदमा पेश गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।

‘सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको जानकारी गराउन चाहन्छु’ शुक्रबार राष्ट्रियसभाको बैठमकमा बोल्दै उनले भने, ‘सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइ संशोधन मस्यौदालाइ अन्तिम दिएर र यथाशक्य संसदको यसै अधिवेशनमा पेस गर्ने गरी अगाडि बढिरहेको बेहोरा जानकारी गराउन चाहन्छु।’

यसका साथै सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा समेत क्रियाशिल रहेको उनले बताए।


सम्बन्धित खबरहरु