सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १८:५५ मा प्रकाशित ( महिना अघि) १५८ पाठक संख्या

काठमाडौं । नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुक्रबारदेखि सुरु भएको छ। नेपाली सैनिक वार कलेजमा भइरहेको तालिमको बलाधिकृत रथी अशोकराज सिग्देलले शुभारम्भ गरेका हुन्।

तालिमलाई सम्म्बोधन गर्दै सिग्देलले तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हितहरू, त्यसको सम्वर्ध्दन र प्रवर्ध्दन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता विषयहरुबारे ज्ञान आर्जन हुने बताए।

नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको उक्त तालिममा ३५ जना महासेनानी दर्जाका शिक्षार्थीहरूको सहभागिता छ।


सम्बन्धित खबरहरु