नागढुंगा सुरुङ मार्गको काम सरकारकै कारण ठप्प छ : रास्वपा उपसभापति अर्याल

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १४:२० मा प्रकाशित ( महिना अघि) ८१ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन् ।

 

शुक्रवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेका कारण सो सुरुङ मार्गको निर्माण कार्य ठप्प हुन गएको बताएका हुन् । उपसभापति अर्यालले सरकारले सो सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिव डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे ।

उनले भने, ‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङ मार्गको काम अहिले सरकारकै कारण ठप्प छ । स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आईलागेको छ ।’

उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी सो सुरुङमार्गको निर्माण कार्य सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए । सरकारले सो सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो । तर स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाई थियो ।


सम्बन्धित खबरहरु