नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १३:१८ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।

नेपालले दोस्रो ओभरमै विकेट गुमाएको थियो । अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए ।

यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए । सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए । उनले १७ बलमा ३ छक्का प्रहार गरे ।

अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे । त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो ।

सिरिजका सुरुवाती दुई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो ।


सम्बन्धित खबरहरु