आज विदेशी मुद्राको विनिमय दर कति ?

ओकेखबर संवाददाता १७ फाल्गुन २०८०, बिहीबार ०७:१२ मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २० पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


सम्बन्धित खबरहरु