मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

ओकेखबर संवाददाता १६ फाल्गुन २०८०, बुधबार १८:३१ मा प्रकाशित ( महिना अघि) ११४ पाठक संख्या

काठमाडौं । काठमाडौं । मिटरव्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले जनाएको छ । आफूहरूको मागलाई राज्यले गम्भीर रूपमा लिएपनि सकारात्मक भने नदेखिएको उनीहरूको भनाई छ । सरकारसँगको वार्ता र आन्दोलन निरन्तर हुने समितिले जनाएको छ ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।मिटरव्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले जनाएको छ । आफूहरूको मागलाई राज्यले गम्भीर रूपमा लिएपनि सकारात्मक भने नदेखिएको उनीहरूको भनाई छ । सरकारसँगको वार्ता र आन्दोलन निरन्तर हुने समितिले जनाएको छ ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।


सम्बन्धित खबरहरु