लघुवित्त पीडितहरु संसद भवनमा, छानबिन गर्न समिति गठन

ओकेखबर संवाददाता १४ फाल्गुन २०८०, सोमबार १७:५० मा प्रकाशित ( महिना अघि) १४२ पाठक संख्या

काठमाडौं । लघुवित्त पीडितहरू संघीय संसद भवन परिसर प्रवेश गरेको घटनामा एसएसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

लघुवित्त पीडितहरू सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पुगेर प्रदर्शन गरेका थिए ।

उनीहरूले सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसर प्रवेश गरेपछि प्रहरीले छानबिन समिति गठन गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमै कार्यरत डिएसपी दिनेश घिमिरे सदस्य छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ ।

त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए । त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए ।

निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ महिला र एक पुरूषसहित ४९ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरू कसरी संसद भवन परिसरमा पसे भन्ने विषयमा समितिले छानबिन गर्नेछ ।


सम्बन्धित खबरहरु