उद्योगमन्त्री ओलेक्सान्डर कामिसिनले आज किभमा भएको एक कार्यक्रममा अहिले राज्यका एक सय र चार सय वटा निजी कम्पनीले काम गरिरहेको तथा यस वर्ष गोला बारुदको उत्पादन उल्लेख्य मात्रामा बढाउने योजना बनाएको बताए ।
रुससँग युद्ध शुरु भएको दुई वर्ष पुगिसक्दा युक्रेनले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने उपायहरू खोजिरहेको छ । साथै युक्रेनले स्वदेशी हतियार उत्पादन र नवीनता बढाउँदै लगेको खबरमा उल्लेख छ ।
यस्तै अर्कै कार्यक्रममा युक्रेनका प्रविधिमन्त्री मायखाइलो फेडोरोभले रुसी सेनाविरुद्धको युद्धमा प्रयोग गरिएको मध्ये ९० प्रतिशत ड्रोन देशमै बनेका बताए ।