मिटरब्याज पीडितले बनाए ९ सदस्यीय वार्ता टोली

ओकेखबर संवाददाता १३ फाल्गुन २०८०, आईतवार १७:३६ मा प्रकाशित ( महिना अघि) ७७ पाठक संख्या

काठमाडौं । मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले सरकारसँग वार्ता थालेका छन्।

 

अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको छ। आजैबाट सरकार पक्ष र संघर्ष समितिबिच औपचारिक वार्ता सुरु भएको छ।

यसअघि सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको थियो । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।

गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।


सम्बन्धित खबरहरु