शिशु चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

ओकेखबर संवाददाता १३ फाल्गुन २०८०, आईतवार १८:२५ मा प्रकाशित ( महिना अघि) २४ पाठक संख्या

काठमाडौं । शिशु चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थपेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । दैलेख घर भई काँडाघारी बस्ने सिंहले शुक्रबार मध्याह्न थापाथलीस्थित परोपकार प्रसुती गृहबाट अरुको बच्चा लगेकी थिइन् । परीक्षणका लागि आएकी काभ्रेकी एक महिलाको २६ दिनको बच्चा उनले चोरेर लगेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेज लगायतको सहयोगमा प्रहरीले मध्यरातमा काँडाघारीबाट बच्चाको उद्दार गरेको थियो । प्रहरीले सिंहसँगै उनका श्रीमान र दिदीलाई पनि नियन्त्रणमा लिएको थियो, तर शिशु चोरीमा संलग्नता नदेखिएको निष्कर्षसहित छाड्यो ।


सम्बन्धित खबरहरु