घुम्न आएकी जर्मन युवती मृत फेला, एकजना पक्राउ

ओकेखबर संवाददाता १३ फाल्गुन २०८०, आईतवार १०:०७ मा प्रकाशित ( महिना अघि) २७९ पाठक संख्या

कास्की । कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला परेकी युवती जर्मन नागरिक प्ला जोस् रहेकाे खुलेकाे छ ।

 

शनिबारदेखि बेपत्ता रहेकी २१ वर्षीया जोसलाई सशस्त्र प्रहरी बलको विपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  थापाका अनुसार ती युवतीको शव डोरीको सहायतामा भीरबाट निकालेर प्रहरीकाे जिम्मला लगाइएकाे छ ।

 

 

उनी अमेरिकन केटा साथीसँग घुम्न गएको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका- १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर बेपत्ता भएकी थिइन्। युवतीको मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानको लागि उनका केटा साथीलाई नियन्त्रणमा लिएको छ। माछापुच्छ्रे घुमेर पोखरा फर्कने क्रममा उनी भीरबाट खसेको बयान उनका अमेरिकन केटा साथीले दिएका छन्। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन।

 

आफ्नी साथी भीरबाट खसेको भन्दै ती अमेरिकन युवकले शनिबार साँझ स्थानीय प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो।

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्ब २४ कालीका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको विशेष खोज तथा उद्दार टिम खटिएको थियो।

 

 


सम्बन्धित खबरहरु