त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

ओकेखबर संवाददाता ६ फाल्गुन २०८०, आईतवार २२:०२ मा प्रकाशित ( महिना अघि) ११८ पाठक संख्या

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सर्टलिस्टमा छनौट भएका १४ जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो।

विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस भएको जनाइएको छ। यसअघि सिफारिस समितिले माघ २६ गते १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो। पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ।

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएको पुस २३ गते दरखास्त आह्वान गरेको थियो। सो आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो। ४३ आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो।

कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए।

 


सम्बन्धित खबरहरु