पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी गरिरहेको जनाएको छ तर थप जानकारी दिएको छैन । नाभाल्नीको हिजो मृत्यु भएको खबर सार्वजनिक भएसँगै शोक मनाउन शुभचिन्तकहरू रुसी दूतावास बाहिर भेला भएका छन् । उनीहरूले रुसी राष्ट्रपति पुटिनको आलोचना गरेका बीबीसीले जनाएको छ ।
विभिन्न आरोपमा सन् २०२१ मा जेल सजाय भएका पुटिनका कट्टर आलोचक ४७ वर्षका नाभाल्नीको जेलमा नै निधन भएको कारागार प्रशासनले जनाएको छ । कतिपयले नाभाल्नीमाथि लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका थिए ।
सन् २०२० मा नाभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएको थियो । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ पर्नुभएका नाभाल्नी त्यसयता जेलमै छन् ।