निर्वाचनको पूर्व सन्ध्यामा पाकिस्तानमा विस्फोट, २७ जनाको मृत्यु

ओकेखबर संवाददाता २५ माघ २०८०, बिहीबार ०६:५५ मा प्रकाशित ( महिना अघि) ८४ पाठक संख्या

एजेन्सी । पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तमा निर्वाचनमा भाग लिने उम्मेदवारहरूको कार्यालय बाहिर बुधवार साँझ २ वटा विस्फोट भएको हो। बीबीसीका अनुसार विस्फोटमा परी २७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

क्वेटाको पिशिन जिल्लामा भएको पहिलो विस्फोटमा १८ जनाको मृत्यु भएको हो भने किला सैफुल्लाहमा भएको दोस्रो विस्फोटमा परी ९ जनाको मृत्यु भएको बताइएको छ।

हालसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन।


सम्बन्धित खबरहरु