पाकिस्तानमा आज आमचुनाव हुँदै

ओकेखबर संवाददाता २५ माघ २०८०, बिहीबार ०७:१९ मा प्रकाशित ( 0 महिना अघि) ११३ पाठक संख्या

एजेन्सी । पाकिस्तानमा आज आमचुनाव हुँदैछ । बढ्दो महँगीले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेका बीबीसीले जनाएको छ । पाकिस्तानको निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् ।

आयोगका अनुसार देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्मले प्रतिस्पर्धा गर्दैछन् । इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।  दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा उल्लेख छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।


सम्बन्धित खबरहरु