पाकिस्तानकाे प्रहरी चाैकीमा आक्रमण, १० जना प्रहरीकाे ज्यान गयाे

ओकेखबर संवाददाता २३ माघ २०८०, मंगलवार ०६:४१ मा प्रकाशित ( महिना अघि) ११४ पाठक संख्या

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको ज्यान गएको र छ जना जना घाइते भएका बीबीसीले जनाएको छ ।

आउँदो बिहीवार हुन लागेको आमचुनावको तीन दिनअघि यो हमला भएको हो । खैबर पख्तुनख्वा प्रान्तीय प्रहरी प्रमुख अख्तर हयात गन्डापुरले ३० जनाभन्दा धेरै चरमपन्थीले प्रहरी चौकीलाई तीन तर्फबाट घेरेर आक्रमण गरेका र साढे दुई घण्टासम्म दोहोरो भिडन्त भएको बताउनुभएको छ । पछिल्ला दुई वर्षमा खैबर पख्तुनख्वाका दक्षिणी जिल्लाहरूमा चरमपन्थी आक्रमण बढिरहेका छन् ।

पाकिस्तानमा आउँदो बिहीवार हुने चुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । अदालतले विभिन्न मुद्दामा उहाँलाई ३४ वर्ष कैद सजाय सुनाएको छ । सेनाले आफ्नो इच्छाअनुसार नतिजा आउने गरी चुनाव गराउन थालेको भन्दै मानव अधिकारवादी र नागरिक समाजका प्रतिनिधिले चुनावको वैधतामाथि प्रश्न उठाएका छन् ।


सम्बन्धित खबरहरु