नामिबियाका राष्ट्रपति गिंगोबको निधन

ओकेखबर संवाददाता २१ माघ २०८०, आईतवार १४:१८ मा प्रकाशित ( महिना अघि) १०९ पाठक संख्या

एजेन्सी ।  नामिबियाका राष्ट्रपति हेज गटफ्रिड गिंगोबको निधन भएको छ। ८२ वर्षीय गिंगोबको आइतबार बिहान अस्पतालमा मृत्यु भएको नामिबियाको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनी क्यान्सर पीडित हुन्। एक हप्ताअघि मात्रै उनी क्यान्सरमुक्त भएको बताइएकोमा आज बिहान उनको मृत्यु भएको हो।

राष्ट्रपति गिंगोबको निधन भएपछि तत्कालका लाग उपराष्ट्रपति नंगोलो एमबुम्बाले सत्ता सम्हालेका छन्। उनले संसदको निर्वाचन र राष्ट्रपति चुनावसम्मका लागि सत्ता सम्हाल्नेछन्। अर्को चुनाव यो वर्षको अन्तिममा हुने बताइएको छ।

गिंगोब नामिबियालाई दक्षिण अफ्रिकाबाट स्वतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमध्येका एक हुन्। उनी स्वतन्त्र नामिबियाका प्रथम प्रधानमन्त्री पनि हुन्। सन् १९९० मा नामिबिया स्वतन्त्र भएपछि उनी २००२ सम्म प्रधानमन्त्री बनेका थिए।

स्वतन्त्र नामिबियाको संविधान बनाउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।


सम्बन्धित खबरहरु