आज विदेशी मुद्राको विनिमय दर कति ?

ओकेखबर संवाददाता १८ माघ २०८०, बिहीबार ०७:०५ मा प्रकाशित ( महिना अघि) ९५ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित खबरहरु