सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

ओकेखबर संवाददाता १७ माघ २०८०, बुधबार ११:०५ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबिच बुधवार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


सम्बन्धित खबरहरु