एनसेल खरिद बिक्री प्रकरण : उच्च अदालतले दियो अन्तरिम आदेशलाई निरन्तरता

ओकेखबर संवाददाता ९ माघ २०८०, मंगलवार १८:०६ मा प्रकाशित ( महिना अघि) ८७ पाठक संख्या

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको खरिद बिक्री सम्बन्धी विवरणको अभिलेख नगर्ने सरोकारवाला निकायलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको संयुक्त इजलासले एनसेलको सेयर खरिद बिक्रीका विषयमा मंसिर २१ मा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

एनसेल आजियाटाले ८० प्रतिशत स्वामित्व रहेको रेनल्ड होल्डिङको सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो । त्यसविरुद्ध बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका थिए ।


सम्बन्धित खबरहरु