एसियन कप फुटबल : उज्वेकिस्तानले भारतलाई हरायो, अस्ट्रेलिया अन्तिम १६ मा

ओकेखबर संवाददाता ५ माघ २०८०, शुक्रबार ०७:२३ मा प्रकाशित ( महिना अघि) १०४ पाठक संख्या

काठमाडौं । एएफसी एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हराएको छ ।

कतारको अहमेद बीन अलि स्टेडियममा गएराति भएको समूह ‘बी’ को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलले हराएको हो।

जारी प्रतियोगितामा भारतको यो दास्रो हार हो । पहिलो खेलमा अस्ट्रेलियासँग भारत २–० गोलले हारेको थियो ।

यसअघि हिजै भएको समूह ‘बी’ को अर्को खेलमा अस्ट्रेलियाले सिरियालाई १–० गोलले हराएको थियो । योसँगै अस्ट्रेलिया एसिया कप फुटबलको अन्तिम १६ मा परेको छ । गएराति भएको समूह ‘सी’ को खेलमा भने प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स, यूएईले १–१ गोलको बराबरी खेलेका छन् ।


सम्बन्धित खबरहरु