सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार १६:०५ मा प्रकाशित ( महिना अघि) १५३ पाठक संख्या

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ।

जिबी राई गोरखामिडिया नेटवर्क अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा रहेका बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर हिनामिना गरेको भन्दै उजुरी परेको छ।

बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने समाचार आएको, राई र लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएर नतिरी ठगी गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने रिटमा माग गरिएको छ।

 


सम्बन्धित खबरहरु