आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार ०७:३२ मा प्रकाशित ( महिना अघि) ९१ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ।

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरो, पाउण्डसहित केही विदेशी मुद्राको भाउ घटेको छ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा थियो।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा तोकिएको छ। हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। \

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४० पैसा तोकिएको छ।

हेर्नुहोस्  अरु विदेशी मुद्राको सूची

 

 


सम्बन्धित खबरहरु