दिपक गिरीको व्यंग्य- जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार १४:३४ मा प्रकाशित ( महिना अघि) १२५ पाठक संख्या

काठमाडौं । मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको विषयमा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर गिरीले जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला भन्दै व्यङ्ग्य गरेर स्टाटस लेखेका।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पैसा कहाँ गयो ?, पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ ।


सम्बन्धित खबरहरु