रास्वपामा केन्द्रीय सदस्य र सांसदहरूका लागि लेवी शुल्क वार्षिक २५ हजार निर्धारण

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार ०७:४३ मा प्रकाशित ( महिना अघि) ५९ पाठक संख्या

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए ।

उनले भने ‘पार्टी सदस्यता शुल्कका सम्बन्धमा केही निर्णय गरेका छौँ । पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेवी शुल्कका सम्बन्धमा पनि केही निर्णय गरेका छौँ । लेवी पार्टी केन्द्रीय सदस्यहरूको एक लाख थियो । प्रतिनिधि सभा सदसयहरुले २५ हजार तिर्नुहुन्थ्यो । त्यसमा एकरूपता ल्याउन केन्द्रीय सदस्यहरूको २५ हजार वार्षिक गरेका छौँ । पार्टीले ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदल बनाएको थियो, त्यसको म्याद थप गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सदस्य मनोनयन गरेको छ । जसमा भूमिनन्द बराल सचिव, प्रा.डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्री सदस्यमा नियुक्त गरेका छौँ ।’

प्रमुख सचेतक परियारकाअनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


सम्बन्धित खबरहरु