ठेक्का प्रक्रियामा मन्त्रीसंग कुरा नमिलेपछि संचार सचिव राउतको सरुवा

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार ०७:३२ मा प्रकाशित ( महिना अघि) ६१ पाठक संख्या

काठमाडौं । सञ्चार सचिव कृष्णबहादुर राउतको १० महिनामै सरुवा भएको छ।सञ्चार मन्त्री रेखा शर्मासँग टसल परेपछि उनलाई वित्त आयोगमा सरुवा गरिएको हो।

त्यहाँ रामकृष्ण सुवेदीलाई ल्याइएको हो । उनी मधेस प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए।

नेपाल टेलिकमको नयाँ भवन निर्माण प्रक्रियामा मन्त्री र सचिवको कुरा नमिलेपछि उनलाई १० महिनामा सरुवा गरिएको स्रोतले जनाएको छ।

करिब ४ अर्ब ६० करोड बढीको ठेक्कामा मन्त्री र सचिवबिच विवाद भएको कारण सचिव सरुवा हुनु परेको स्रोतले दावी गरेको छ।


सम्बन्धित खबरहरु