भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार ०७:३० मा प्रकाशित ( महिना अघि) ११७ पाठक संख्या

काठमाडौं । भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो ।

भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेका छन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उहाँले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए ।

उहाँले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम…’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् । उनले ‘इश्क’, ‘मन्टो’, ‘मौसम’, कादम्बरी’ लगायतका चलचित्रका गीतसमेत गाउनुभएको छ । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


सम्बन्धित खबरहरु