जहाज कुर्दाकुर्दै हुम्लामा २३ वर्षीया सुत्केरीको मृत्यु

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार ०७:२७ मा प्रकाशित ( महिना अघि) १४८ पाठक संख्या

काठमाडौं । हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ । हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीया अंशु बुढाको मृत्यु भएको हो ।

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको मृतकका ससुरा जितबहादुर बुढाले जानकारी दिए ।

पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य केन्द्र लगिएको थियो ।

दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाएकी हुन ।


सम्बन्धित खबरहरु