भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टी विजयी

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार ०७:१८ मा प्रकाशित ( महिना अघि) ८९ पाठक संख्या

काठमाडौं । भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको छ । हिजो भएको चुनावमा पीडीपीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । जितसँगै ५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने हुनुहुने भएको स्थानीय दि भुटानी पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

आर्थिक सङ्कटकाबीच भएको चुनावमा भुटानका पूर्वप्रधानमन्त्री तोब्गेको पार्टी पीडीपीले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा ३० सिट जितेको र प्रतिद्वन्द्वी भुटान टेन्ड्रेल पार्टी (बीटीपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको खबरमा उल्लेख छ ।

चुनावको आधिकारिक नतिजा भने आज आउने छ । दुवै दलले नागरिकको खुसी र कल्याणले आफ्नो सफलता मापन गर्ने सरकारको संवैधानिकरूपमा स्थापित दर्शनका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।

भूटानमा नागरिकले युवा पुस्ताको सङ्घर्ष, दीर्घकालीन युवा बेरोजगारी र प्रतिभा पलायनको समस्या समाधान हुने अपेक्षा गरेर मतदान गरेको बताएका छन् ।


सम्बन्धित खबरहरु