उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ

ओकेखबर संवाददाता २३ पुष २०८०, सोमबार १४:२४ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले शपथ लिएका छन् ।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोहमा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिति थियो ।

पुस १८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चारजना र कानून व्यवसायीबाट ९ जना चयन भएका थिए ।


सम्बन्धित खबरहरु