सोमबार यी चार प्रदेशमा मौसम बदली

ओकेखबर संवाददाता २३ पुष २०८०, सोमबार ०७:२५ मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। तर, आज वर्षाको सम्भावना भने कतैपनि देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ भने भोलि (मंगलबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।

मंगलबार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। तर, आज र भोलि वर्षा भने कतै हुने अवस्था छैन।


सम्बन्धित खबरहरु