ती युवकले इन्स्ट्राग्राममार्फत समेत एक अकाउन्ट बनाउँदै लागु औषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको जोशीले बताए । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको उनको भनाइ छ । उनको घर–कोठाबाट विभिन्न लागु औषध समेत बरामद भएको उनले जानकारी दिए ।
पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
यस्तै ब्युरोले अनुसन्धानको क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकहरुको मेनु समेत फेला पारेको छ । जसमा THE EPIPHANCY BREAD, HAPPY CUPS, BUZZ LIGHTYEAR, NASTY CANDY लगायत रहेका छन् । उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।