किन पक्राउ परे टुटलका संस्थापक शिक्षित भट्ट ?

ओकेखबर संवाददाता २० पुष २०८०, शुक्रबार १५:४२ मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या

काठमाडौं। राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो। हाल पठाओ र इन्ड्राइभ समेत सञ्चालनमा छन ।


सम्बन्धित खबरहरु