गाजामा सङ्क्रामक रोग फैलिन थाल्याे : राष्ट्र सङ्घ

ओकेखबर संवाददाता १५ पुष २०८०, आईतवार ११:४० मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाडौं। संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएकाे छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेकाे जानकारी दिएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हाे ।

राष्ट्रसङ्घका अनुसार झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् ।

तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाकाे रहेकाे सिन्ह्वाले जनाएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेकाे ओसीएचएले जनाएकाे छ ।

राष्ट्र सङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, इजरायलकाे निरन्तरकाे आक्रमणका कारण गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका राष्ट्रस‌ंघले जनाएकाे छ ।


सम्बन्धित खबरहरु