पोखरालाई हराउँदै ललितपुर फाइनलमा, उपाधि भिडन्त धनगढीसँग हुने

ओकेखबर संवाददाता १२ पुष २०८०, बिहीबार २२:०२ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले जित निकाल्न सफल भएको हो ।खेलको ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि पनि ललितपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै अग्रता दिलाएका थिए।

पोखराका लागि ७१औं मिनेटमा पापा अनोरले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल एक एक गोलमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ९९ औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई फाइनलको बाटो शुनिश्चित गरे।

ललितपुरले धनगढीसँग उपाधिका लागि खेल्नेछ ।


सम्बन्धित खबरहरु