प्रधानमन्त्री कप : आज पनि चार वटा खेल हुँदै

ओकेखबर संवाददाता ९ पुष २०८०, सोमबार ०९:१४ मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काडमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । कीर्तिपुरमा अहिले साढे ९ बजे कर्णाली र लुम्बिनी प्रदेश तथा मूलपानीमा गण्डकी र मधेस खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा बाग्मती र सुदूरपश्चिम तथा मूलपानीमा एपीएफ र कोशी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् ।

पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लगातार तीन खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ६ अङ्क छ ।

त्यस्तै, दुई/दुई खेल जितेका सुदूरपश्चिम र बाग्मती समान चार अङ्कसहित क्रमशः तेस्रो, चौथाे स्थानमा छन् । यस्तै, एक /एक खेल जितेका गण्डकी र लुम्बिनी समान दुई अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार तीन खेल हारेका छन् ।


सम्बन्धित खबरहरु