पूर्वयुवराज्ञी हिमानी र नवयुवराज हृदयन्द्रले दिए खेलाडीहरूलाई पुरस्कार

ओकेखबर संवाददाता ८ पुष २०८०, आईतवार ०९:१५ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुरबीचको खेलमा म्यान अफ द म्याच घोषित आन्द्रेस निया र फ्यान अफ द म्याच घोषित प्रशिद्धमान डंगोललाई पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाहले पुरस्कार प्रदान गरेका छन् ।

काठमाडौं र ललितपुरको निर्णायक खेल हेर्न पुगेकी शाहले खेलाडीको उत्साहप्रद प्रतिस्पर्धा हेर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । प्रतियोगितामा काठमाडौँका लागि नियाले निर्णायक गोल गर्दै टोलीलाई प्लेअफमा पुर्‍याएका थिए । पूर्व युवराज्ञी हिमानी शाह नेपाल सुपर लिग (एनएसएल) हेर्न दशरथ रंगशाला पुगेकी छिन् ।

त्रिपुरेश्वरस्थित रंगशालामा जारी एनएसएल अन्तर्गत शनिबार भएको ललितपुर सिटी एफसी र काठमाडाँ रेजर्सबीचको खेल हेर्न उनी छोरासहित पुगेकी हुन् । तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह गरेकी हिमानीका एक छोरा र दुई छोरी छन् । गत मंसिर ८ गतेदेखि सुरु भएको नेपाल सुपर लिग आगामी पुस २१ गतेसम्म जारी रहनेछ ।


सम्बन्धित खबरहरु