सुदूरपश्चिममा फेरि भित्रियो कोभिड, दुई जनामा पुष्टि

ओकेखबर संवाददाता ५ पुष २०८०, बिहीबार ०९:३९ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

धनगढी । सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ । बुधबार र मंगलबार एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए ।

ती महिला भारतको बैङ्लोरबाट फर्किएकी फर्किएकी थिइन् । अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ ।


सम्बन्धित खबरहरु