एन्फाको सीईओमा तुलाधर नियुक्त, टिकट बिक्रीबाट हुने आम्दानी खेलाडीले पनि पाउने

ओकेखबर संवाददाता २ पुष २०८०, सोमबार १९:५५ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा टिकट बिक्रीबाट प्राप्त हुने रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको छ ।

आज साेमवार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि निःशुल्क पास वितरण नगर्ने र टिकट बिक्रीकाे २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको हो ।

बैठकले शहीद स्मारक ‘ए’ डिभिजन लिग फागुनको १५ गतेदेखि गर्ने निर्णय पनि पारित भएको छ । यस्तै एन्फाको विशेष साधारणसभा माघको ८ गते काठमाण्डौमा गर्ने निर्णय भएकाे छ ।

बैठकले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा प्रवीणकुमार यादव नियुक्त भएका छन् ।


सम्बन्धित खबरहरु