आफन्तले मात्रै अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

ओकेखबर संवाददाता २५ मंसिर २०८०, सोमबार १२:४१ मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या

काठमाडौं । आफन्त वा नातेदारले मात्रै अंग प्रदान गर्न पाइने कानुनी व्यवस्थाले बाँच्न पाउने हक हनन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आफन्त र नातेदारबाट मात्र अंगदान लिन र दिन पाउने संविधानमा रहेको कानुनी व्यवस्थाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थी डेविड चौधरी र ओस्निक पौडेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनीहरुले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।

मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १४ (क)मा बिरामीको नजिकको नातेदारले मात्रै अंगदान दिनसक्ने व्यवस्था छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री र तिनलाई राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा र ठूलीआमालाई नजिकको आफन्तनातेदार मानिएको छ ।


सम्बन्धित खबरहरु