भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

ओकेखबर संवाददाता २५ मंसिर २०८०, सोमबार १२:०७ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ ।


सम्बन्धित खबरहरु