काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।