भ्रष्टाचारका फाइल खोल्दा खोल्दै हात गलिसक्यो : कानुनमन्त्री गुरुङ

ओकेखबर संवाददाता २५ मंसिर २०८०, सोमबार ०८:५५ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं। कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरूले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका छन्। आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका हुन् ।

‘मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’ उनले भने । पार्टीका नेता एक अर्काप्रति गालीगलौजमा उत्रने गरेको उनले बताए ।

‘एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,’ उनले भने ।

मन्त्री गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै हात नै गलिसकेको बताए। ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ। फोहोरको डङ्गुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो,’ उनले भने।


सम्बन्धित खबरहरु