प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले किन दिए राजीनामा ?

ओकेखबर संवाददाता २४ मंसिर २०८०, आईतवार १७:५८ मा प्रकाशित ( महिना अघि) ३० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आइतबार कुराकानी गर्दै उनले आफूले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए ।

राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उनले प्रतिक्रिया दिए । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अहिले पछि जानकारी गराउँछु’, उनले भने ।

गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए ।

सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे थाहा नभएको जानकारी दिए ।


सम्बन्धित खबरहरु