काठमाडौंमा प्लास्टिकका फूल र रुख राख्न निषेध

ओकेखबर संवाददाता २३ मंसिर २०८०, शनिबार ०७:४३ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।

 

वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

महानगरपालिकाले काठमाडौंभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए ।

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।


सम्बन्धित खबरहरु