यू-१९ एसिया कप, पाकिस्तानको सामना गर्दै नेपाल

ओकेखबर संवाददाता २२ मंसिर २०८०, शुक्रबार ०८:३० मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । एसीसी १९ वर्षमुनिकाे एसिया कप आज शुक्रवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदैछ ।

प्रतियाेगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । आजै अर्काे खेलमा अफगानिस्तान र भारत पनि खेल्दैछन् ।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालको १९ वर्षमुनिकाे टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपकाे फाइनलमा पुग्न सकेको छैन ।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

याे प्रतियाेगिताकाे सबै खेलको लाइभ एसीसीकाे युट्युब च्यानलमा हेर्न सकिनेछ ।

 


सम्बन्धित खबरहरु